
काठमाडौं, २४ चैत । नेपाली कामदारको बाहुल्य रहेका सबैजसो श्रम गन्तव्यहरु अहिले कोरोना भाइरसको फैलँदो संक्रमणको चपेटामा छन् । यसले गर्दा त्यहाँ कार्यरत नेपाली कामदारहरु पनि संक्रमणको उच्च जोखिममा रहेका छन् ।
अहिलेसम्म मलेसियासहित विभिन्न खाडी गन्तब्यहरुमा कार्यरत २७ जना नेपाली कामदारमा कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनीहरुमध्ये २ जना उपचारपछि घर फर्किएका छन् । कतिपय देशले संक्रमतिको राष्ट्रियता नुखुलाएकाले ती दशेमा नेपाली कामदार संक्रमणमा परे कि परेनन् भन्ने स्पष्ट भएको छैन । कामदारहरु संक्रमित भएका देशहरुले उपचार निःशुल्क गर्ने बताएका छन् ।
सबैभन्दा बढी संक्रमित नेपाली कामदार बहराइनमा छन् । बहराइनमा अहिलेसम्म १२ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । केही दिनअघि बहराइनमा एकैपटक ९ जना नेपालीमा संक्रमण देखिएको थियो भने त्यसअघि ३ जना संक्रमित आइसोलेसनमै थिए ।
त्यसैगरि यूएईमा ८, साउदीमा ४, कुवेतमा दुई र मलेसियामा एक जनामा कोरोना संक्रमण देखिएको समाचारमा जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


