
झापा, २६ चैत । मलेसिया र खाडी मुलुकमा कार्यरत २७ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बहराइमा १२, युएईमा ८, साउदीमा ४, कुवेतमा २ र मलेसियामा १ जना गरी कुल २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा युएईमा कार्यरत कोरोना संक्रमण पुष्टि भएका २ जना निको भएका छन् । कतारले भने राष्ट्रियता नखुलाएका कारण नेपाली संक्रमित भए–नभएको खुलेको छैन ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


