
लन्डन, २७ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट लन्डनमा थप एक नेपालीको मृ’त्यु भएको छ । पर्वत स्थायी घर भई लामो समयदेखि परिवारका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका पूर्व गोर्खा सैनिक ५९ वर्षीय चेत प्रसाद गुरुङको कोरोनाबाट मृत्यु भएको हो ।
तमुधीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्षसमेत रहेका गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ नि’धन भएको तमु धीं लन्डनले जनाएको छ । गुरुङ १४ दिन देखि रोगसँग लड्दै आएका थिए ।
यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

