
झापा, २७ चैत । कोरोना भाइरस कोभिड–१९ बाट बहराइनमा कार्यरत २२ नेपालीमा संक्रमण पुष्टि भएको छ । बुधबार थप १० जनामा संक्रमण भएपछि त्यहाँ कार्यरत नेपालीमा संक्रमितको संख्या २२ पुगेको हो ।
दूतावससले एक बिज्ञप्ति जारी गर्दै भनेको छ – ‘केही समय अगागि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो । अहिले थप १० जना नेपालीलाई संक्रमण पुष्टि भयो ।’
बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

