
झापा, ११ बैशाख । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट अमेरिका सबै भन्दा धेरै संक्रमित र सबै भन्दा बढी ज्यान गुमाउने देश हो। यो समाचार तयार पार्दा सम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४७ हजार ६ सय ८१ पुगेको छ । त्यसै गरि संक्रमितको संख्या पनि विश्व कै सबै भन्दा बढी ८ लाख ४९ हजार ९२ पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या ८४ हजार ५० जना मात्र रहेको छ ।
अमेरिकामा बुधबार २ हजार ३ सय ४१ जनाको ज्यान गएको छ । त्यस्तै मंगलबार एकै दिन सबै भन्दा बढी २ हजार ८ सय ४ जनाको ज्यान गएको छ । त्यसैगरी सोमबार १ हजार ९ सय ३९ र आइतबार १ हजार ५ सय ६१ जनाले ज्यान गुमाए । त्यस्तै शनिबार १ हजार ८ सय ६७ र शुक्रबार २ हजार ५ सय ३५ को ज्यान गएको थियो । बिहिबार २ हजार १ सय ७६ जनाको ज्यान गएको थियो ।
त्यस्तै नया संक्रमितको संख्या पनि अमेरिकामा खासै घट्दो छैन । हिजो बुधबार २९ हजार ९ सय ७३ र मंगलबार २५ हजार ९ सय ८५ नया संक्रमित फेला परेका छन । सोमबार २८ हजार १ सय २३ र आइतबार २५ हजार ८ सय ४४ नया संक्रमित भएका थिए । शनिबार २९ हजार ५७ र शुक्रबार ३२ हजार १ सय ६५ भन्दा बढी नया संक्रमित भेटिएका थिए । त्यस्तै बिहिबार २९ हजार ५ सय ६७ नया संक्रमित भेटिएका थिए ।
अमेरिकाको इपिसेंटर मानिएको न्युयोर्कमा अहिले सम्म सबै भन्दा बढी २० हजार ३ सय ५४ जनाको ज्यान गैसकेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६८ पुगेको छ ।
त्यसै गरि सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश २ लाख ८ हजार ३ सय ८९ र १ लाख ८७ हजार ३सय् २७ जनामा संक्रमण देखिएको छ । सबै भन्दा धेरै ज्यान गुमाउने दोस्रो देश भने इटाली रहेको छ। जहाँ यो समाचार तयार पार्दा सम्म २५ हजार ८५ जनाले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने तेश्रो देश स्पेन रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म २१ हजार ७ सय १७ जनाको ज्यान गैसकेको छ ।
कोरोना भाइरसका कारण छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म ६ सय ८१ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या २१ हजार ४ सय ५० पुगेको छ । त्यस्तै निको हुनेको संख्या मात्र ४ हजार ३ सय ७३ रहेको छ ।
भारतमा गत मंगलबार सबै भन्दा बढी ५३ जनाले ज्यान गुमाएका छन । त्यस्तै सोमबार ३३ र आइतबार ३८ जनाको ज्यान गएको थियो । शनिबार ३५ जना र शुक्रबार ३८ जनाको ज्यान गएको थियो । शनिबार एकै दिन सबै भन्दा धेरै २ हजार १३ जना नया संक्रमित फेला परिरहेका छन ।
नेपालमा पनि ४५ जनालाई कोभिड(१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये पांच जना भने निको भएर घर फर्किएका छन । बाकी ३८ जनाको उपचार भइरहेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर सक्रमितको संख्या २६ लाख ३७ हजार ७ सय ९० पुगेको छ । त्यस्तै ज्यान गुमाउनेहरुको संख्या १ लाख ८४ हजार २ स ३० पुगेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


