
बिर्तामोड, ११ वैशाख । झापामा गत चैत २८ गतेदेखि शुरु भएको द्रुत परीक्षण विधिबाट हालसम्म ६८४ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ६५९ जनाको आरडीटी, ८४ जनाको स्वाब, ८४ जनाको पीसीआर, ५९ जनाको पीसीआर र आरडीटी दुवै परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो ।
“परीक्षण गरिएकाहरुमध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ”, उहाँले भन्नुभयो, “एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिए पनि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।” पाँच जनाको पीसीआरको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


