
दमक, १२ बैशाख । झापाका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा उनमा संक्रमण देखिएको हो । झापाकाे दमक निवासी ती पुरुष केही महिना अगाडि दुबईबाट आएका थिए। उनी ६२ बर्षका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार निज आइसोलेशनमा अस्पतालमा छन् । स्वास्थ्य अवस्था सामान्य रहेको छ । यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइसकेका छन् ।

अहिलेसम्म पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट ३८ हजार ८९ परिक्षण गरिएको छ। यससँगै कोरोना भाइरस परीक्षण गरिएको कुल संख्या ४७ हजार ४ सय ९६ पुगेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


