
विराटनगर, १४ वैशाख । प्रदेश नंं. १ मा कूल ५ हजार ५ सय १८ जनामा कोरोना परीक्षण भएको छ ।
द्रूत परीक्षण विधि(आरडीटी)बाट आइतबारसम्म जम्मा ४ हजार ५ सय ४५ जना र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पीसीआर) विधिबाट ९ सय ७३ जनाको नमुना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।
आरडीटीबाट ३ हजार ८ सय ८ जना पुरुष र ७ सय ३७ जना महिलाको परीक्षण भएको छ । पीसीआरतर्फ ७ सय २० पुरुष र २ सय ५३ जना महिलाको परीक्षण भएको छ । प्रदेश १ मा ३० जनामा कोरोना संक्रमण देखा परेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


