
काठमाडौं, १७ वैशाख । बहराइनमा थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको छ ।
बहराइनस्थित नेपाली दूतावासले जनाए अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ ।
हाल बहराइनमा १ लाख २१ हजार २ सय ६० जनामा कोरोना संक्रमण परीक्षण गरिएको थियो । भने हालसम्म बहराइनमा १ हजार ५ सय ५६ जना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण त्यहाँ ८ जनाको मृ’त्यु भएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ हजार २ सय ४६ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

