
एजेन्सी, १९ बैशाख । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री स्वयंले आफूलाई कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
रुसी प्रधानमन्त्रीले मिखाइल मिशस्तिनलाई बिहीबार अबेर राति कोरोना संक्रमण भएको पुष्टि भएको हो । एक न्युज च्यानलसँग कुरा गर्दै उनले भने, ‘मैले कोरोना टेस्ट गराएको थिएँ । यसको रिपोर्ट पोजेटिभ आएको छ । अब म सेल्फ आइसोलेशनमा जाँदैछु । म आफू सुरक्षित र स्वस्थ रहन निकै आवश्यक छ ।’
उनले राष्ट्रपति भ्लादिमीर पुटिनलाई भिडियो कन्फ्रेन्समार्फत यसको जानकारी दिएका थिए । त्यस्तै पाकिस्तानी संसदमा सभामुख असद क्यासरलाई पनि कोरोना संक्रमण भएको छ । उनले २४ अप्रिलमा प्रधानमन्त्री इमरान खानसँग भेट गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

