
एजेन्सी, २१ बैशाख । ल्याटिन अमेरिकी देश बोलिभियामा शनिबार सैन्य विमान दुर्घटना भएको छ । उक्त दुर्घटनामा चालक दलका दुई सदस्यसहित ४ जना स्पेनी नागरिकको मृ’त्यु भएको छ ।
कोरोना भाइरसका कारण अलपत्र परेका ती स्पेनी नागरिकलाई स्वदेश फर्काउनका लागि सो विमानबाट सान्टाक्रुजमा लगिदैं थियो । त्यहाँको वायुसेनाका अनुसार सो विमान ट्रिनिडाडको दक्षिणपूर्वि शहर नजिकै दुर्घटनामा परेको थियो ।
कोरोना महामारीको रोकथामका लागि बोलेभियाले आफ्नो अन्तराष्ट्रिय सीमानाका बन्द गरेको छ । बोलेभियन अधिकारीहरूले विमान दु’र्घटनाको जाँचका लागि एक समिति गठन गरेको छ । समितिलाई ८ दिनभित्र घटनाको विवरण बुझाउन भनिएको छ ।
प्रारम्भिक विवरण अनुसार विमानस्थलबाट उडेको १२ मिनेटमै इञ्जिन फेल भएको भन्दै विमान चालकले आफूहरू ट्रिनिडाड विमानस्थल फर्किन लागेको बताएका थिए । त्यसपछि विमान सम्पर्कविहिन भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

