
एजेन्सी, २९ बैशाख । पछिल्लो समय क्वारेन्टाइनमा राखिएका महिलाहरुसँग नाजायज माग राख्ने क्रम बढेको पाइएको छ । पछिल्लो समय भारतको महाराष्ट्रको अमरावतीमा क्वारेन्टाइनमा राखिएकी एक गरिब महिलासँग गाउँकै एक व्यक्तिले यौ’न स’म्बन्धको माग गरेका हुन् । यदि आफ्नो प्रस्ताव स्वीकार नगरे खान नदिनेसम्मको ध’म्की ती व्यक्तिले दिएको खुलेको छ । महिलाको उजुरीपछि आरोपलिाई पक्राउ गरिएको छ ।
अमरावती जिल्लाको चांदूर रेलवे पुलिस थाना अन्तर्गत पर्ने बडगांव राजदी गाउँमा जिल्ला परिषदको स्कुलमा आइसोलेसन सेन्टर बनाइएको छ । घटना यही ठाउँको हो । गाउँका पुलिस पाटिल नामका व्यक्तिले महिलालाई शा’रीरिक स’म्बन्धको लागि दबाब दिएका हुन् । महिलाले यसको उ’जुरी पुलिसलाई दिएपछि पुलिसले आरोपीलाई पक्राउ गरेको छ ।
पुलिसका अनुसार मुम्बइबाट मजदूरहरुको एक परिवार गाउँ फर्केको थियो । नियमअनुसार उनीहरु क्वारेन्टाइनमा बसेका थिए । त्यही बेला गाउँकै पुलिस पाटिल म’दिराको न’शामा त्यहाँ आएर महिलालाई शा’री’रिक स’म्बन्धको लागि दबाब दिएका थिए । उनले महिलालाई आफ्नो माग पूरा नगरे खाना नदिने ध’म्की दिए । महिला आत्तिएर चिच्याएपछि गाउँलेहरु जम्मा भए । महिलाको गुनासोपछि पुलिसलाई खबर गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

