
काठमाडौं, २९ वैशाख । कपिलवस्तुमा १० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी सोमबार अनुसार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभुमि नगरपालिकाका १८ वर्षदेखि ३४ वर्ष उमेर समूहका पुरुषमा कोरोना देखिएको हो ।

संक्रमितहरू कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नं ५ र बुद्धभुमि नगरपालिका वडा नं ७ तथा १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू रहेका छन् । १ जना भने उमेर नखुलेका पुरुष रहेका छन् ।
संक्रमित सबै जनालाई अस्पताल लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


