
सप्तरी, २९ बैशाख । सप्तरीका एक १८ वर्षीय युवकमा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको डाक्नेश्वरीका ती युवकमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म प्राप्त जानकारी अनुसार उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताएका छन् । आज बिहान मात्र कपिलवस्तुका १० जनामा एकैपल्ट कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


