
झापा, ३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दोस्रो पटक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस कोभिड–१९ का थप तीन जना संक्रमित भेटिएको पुष्टि गरेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परिक्षणमा कपिलवस्तु शिवराज चन्द्रौटा निवासी २४, ३४ र ४४ वर्षीय पुरुषहरुलाई कोरोना संक्रमण देखिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई सय ७६ पुगेको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


