
बिर्तामोड, २९ साउन । अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरुलाई आइइएलटीएस सम्बन्धी सेवा तथा भिसा सम्बन्धी सेवा प्रवाह गर्दै आएको ओली एण्ड एसोसिएट कन्सलटेन्सीको बिर्तामोड कार्यालयलाई थप व्यवस्थित गरेको छ । परामर्श दिदैं आएको सो संस्थाले आफ्नो सेवालाई थप व्यवस्थित गर्ने जनाएको छ ।
बिर्तामोडस्थित शनिश्चरेरोडमा रहेको केशव गिरी कम्प्लेक्समा सरेको सो कन्सलटेन्सीले अब विद्यार्थीहरुलाई थप प्रभावकारी ढंगले एब्रोड सम्बन्धी जानकारी तथा एसोसिएट सम्बन्धी सेवा प्रदान गर्ने शाखा प्रमुख अशोक अधिकारीले बताएका छन् ।
शनिबार नयाँ कार्यालयमा सरेको सो कन्सलटेन्सीले अध्ययन गर्न आउने विद्यार्थीको सहजताका लागि नयाँ भवनबाट थप गुणस्तरीय सेवा प्रदान गरिने ब्रान्च मेनेजर अधिकारीले बताए । सो कार्यलयको भव्य उद्घाटन भइसकेको छ ।
सन् २००२ बाट नेपाल तथा अष्ट्रेलियाका विभिन्न स्थानबाट सेवा प्रदान गर्दै आएको सो कन्सलटेन्सी अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि उपयुक्त सेवा प्रदायक कन्सलटेन्सीका रुपमा स्थापित भइसकेको छ ।
अष्ट्रेलिया र नेपालमा गरी १४ वटा शाखाबाट सेवा दिइरहेको सो कन्सलटेन्सीले बिर्तामोड शाखाबाट सयौं विद्यार्थीलाई सेवा दिइसकेको मार्केटिङ को–अर्डिनेटर हरि प्रसाद ओलीले जनाए । सो कन्सलटेन्सीले विद्यार्थी भिजा, विद्यार्थी डिपेन्डेन्ट भिजा, विद्यार्थीका अभिभावकका लागि टुरिष्ट भिजा, पारिवारिक सदस्य भिजालगायतका सेवाहरुमा पनि सहयोगी भूमिका खेल्ने गरेको छ । झापाका विशिष्ट व्यक्तित्वको उपस्थितिमा उद्घाटन गरिएको नयाँ कार्यलयबाट कक्षा समेत सुरु गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

