
काठमाडौं, २८साउन । नेपालमा बुधवार थप ४८४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ८ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ९१ जनाको मृत्यु पुष्टि भएको छ ।
उनले हालसम्म कुल पीसीआर परीक्षण संख्या ४ लाख ७३ हजार १७९ पुगेको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४८२ ओटा पीसीआर परीक्षण गरीएको छ । त्यसैगरी बुधवार मात्रै थप ६४ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा १४ हजार ८४६ जना रहेका छन् ।
हाल आईसोलेशनमा ७ हजार ६१३ जना रहेका छन् । त्यसैगरी रौतहट, पर्सा, महोत्तरी र काठमाडौं जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
संक्रमित मध्ये ६८ दशमलव ४ प्रतिशत निको भएका छन् भने हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । बुधवार काठमाडौं जिल्लामा १०९ जना, ललितपुर जिल्लामा २१ जना र भक्तपुर जिल्लामा ८ समेत गरी उपत्यकामा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



