
झापा, २९ साउन । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हिजो बुधबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको छ ।
ललितपुरको किस्ट मेडिकल कलेजमा २, नेपाल मेडिसिटी र पाटन अस्पतालमा उपचाररत एक÷एक र काठमाडौंको ह्याम्स अस्पतालमा एक जना कोराना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल संक्रमित मृतकको संख्या ९३ पुगेको छ । केही दिनयता मृतकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



