
धरान, ३१ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई जना नर्समा कोरोना संक्रमण देखिएको छ। बिरामीको उपचारमा संलग्न भएका दुबै जनाको स्वाब संकलन गर्दा कोराना संक्रमण पुष्टि भएको हो।
उनीहरुलाई कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रतिष्ठानको मेडिसन विभाग प्रमुख प्रा. डा सञ्जीवकुमार शर्माले जानकारी दिए। प्रतिष्ठानको एमआईसियुमा उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना पोजिटिभ देखिएको थियो । महिलामा कोरोना देखिएपछि कन्ट्रयाक ट्रेसिङका आधारमा दुवै नर्सको स्वाब संकलन गरिएको थियो।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

