
बिर्तामोड, ३२ साउन । एनआइसी एसिया बैंक बिर्तामोडका एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।
सो बैंकमा कार्यरत ४३ वर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । पाँच दिनअघि बिर्तामोड नगरपालिकाले दुईसय जनामा मास टेष्टिङ गरेको थियो । आज त्यसको रिपोर्ट आएको र बिराटनगर स्थायी ठेगाना भएका ती कर्मचारीलाई पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

बिर्तामोडमा सबैभन्दा धेरै भिडभाड बैंकहरुले गराउने गरेका छन । यस अघि बिर्तामोडकै एनएमबी बैंकका दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

