
झापा, ३१ साउन । नेपालमा शनिवार थप ४६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण १०२ जनाको मृत्यु पुष्टि भएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्ला घर भएका तीन जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको उनले बताए ।
प्रवक्ता गौतमका अनुसार चार ओटा जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । देशभरका सम्पूर्ण मेडिकल कलेजहरुले स्वीकृत शय्याहरुमध्ये एक तिहाई बेड कोरोना संक्रमितहरुको उपचारका लागि छुट्याउनु निर्देशन दिइएको बताए ।
संक्रमितहरु मुक्त हुने देर नेपालमा ६६ दशमलव १ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए । विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका मध्ये हालसम्म १७ हजार २०१ जना निको भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर टेष्ट गरिएको संख्या ५ लाख ५ हजार ६६० पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।
देशभर ५२३ जना होम आइसोलेशनमा रहेका छन् भने विगत २४ घण्टामा १२४ जना डिस्चार्ज भएर घर फर्किएका छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

