
विराटनगर, ३ भदौ । पछिल्लो २४ घण्टामा विराटनगर महानगर पालिकामा ५२ जना संक्रमित थपिएको छ। आज थपिएको ५२ जना संक्रमित मध्ये २० महिला र ३२ पुरुष छन्। योसंगै विराटनगरमा कोरोना संक्रमितको संख्या ७४२ पुगेको छ।
विराटनगर–१ मा २ जना, वडा नम्बर २ मा ९ जना, वडा नम्बर ३ मा २ जना, डा नम्बर ४ मा १ जना, वडा नम्बर ५ मा ८ जना, वडा नम्बर ६ मा ६ जना, ७ मा १ जना, ८ मा ६ जना, ९ मा २ जना संक्रमित थपिएका छन् । वडा नम्बर ११ मा दुईजना, वडा नम्बर १२ मा एकजना, १३ मा तीनजना, १४ मा एकजना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै वडा नम्बर १५ मा चारजना, वडा नम्बर १६ मा एक र वडा नम्बर १७ मा दुई जना संक्रमित थपिएका छन् ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

