
झापा, ४ भदौ । सानो माई खोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका–२ झापाका १५ वर्षीय राजु भण्डारी मृत फेला परेका छन् ।
बुधवार साँझ ७ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका बालकको खोज तलास गर्ने क्रममा बिपद ब्यबस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले आज बिहान साँढे ६ बजे बगाएको स्थान भन्दा करिव ५० मिटर दक्षिण मृत फेला पारेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

