
मोरङ, ४ भदौ । मोरङको उर्लाबारी नगरपालिका–७ का २८ वर्षीय नविन बिकको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा घाइते भएका बिकलाई उपचारका लागि गोदावरी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु
यसैबीच, मोरङको रङ्गेली नगरपालिका–१ का ४९ वर्षीय खड्ग बहादुर मगरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

