
झापा, ४ भदौ । देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२६ पुगेको हो ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको जानकारी दिए । उनले बितेको २४ घण्टामा देशभर ७०७ जनामा संक्रमण पुष्टि भएको पनि जानकारी दिए । यस्तै संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

