
कण्डमको प्रयोग १५ हजार वर्ष अगाडि प्रयोगमा आएको इतिहास छ । फ्रान्सका प्राचीन गुफामा मानिसले कण्डम प्रयोग गरेको १२ हजारदेखि १५ हजार वर्ष पुराना चित्र भेटिएका छन् ।
सन् १६०० तिर जनावरको आन्द्राबाट बनाइएको कण्डम सर्वप्रथम सर्वसाधारणका लागि उपलब्ध थियो । र, महंगो भएका कारण पटक–पटक प्रयोग गरिन्थे । तर जब सन् १८३९ मा चाल्र्स गुडइयरले पहिलोपटक रबरको कण्डम विकास गरे, त्यसपछि सन् १९५७ मा अमेरिकी उत्पादक कम्पनी डुरेक्सले पहिलोपटक चिल्लो पदार्थसहितको कण्डम उत्पादन ग¥यो ।
मध्यपूर्वी देशमा कण्डम विभिन्न तरिकाबाट प्रयोग गरिन्छ । किसानहरूले पानी बोक्न प्रयोग गर्छन्, छानोमा चुहिने ठाउँमा प्रयोग गर्छन् र सडक मजदूरले सडकलाई चिल्लो बनाउन कण्डम प्रयोग गर्छन् । अझ रोचक त के छ भने भारतको धार्मिक शहर बनारसमा सरकारले निःशुल्क वितरण गरेको कण्डम निकै लोकप्रिय छ ! प्रख्यात बनारसी साडी उत्पादन गरिने सो शहरमा कण्डमको त्यत्रोविधि खपतको कारण खोज्दै जाँदा चाहिं बडो अचम्मको तथ्य फेला परेछ— कण्डम त त्यहाँ साडीलाई चिल्लो बनाउन पो प्रयोग गरिंदो रहेछ ! बताइएअनुसार एउटा बनारसी साडी बनाउन १४ वटा कण्डमको प्रयोग हुन्छ ।
अमेरिकी सेनाले पनि कण्डम प्रयोग गर्छन्, तर सेक्सका लागि होइन । उनीहरू चोट लागेका बखत बगेको रगत रोक्न, पानी बोक्न, सर्जिकल ग्लोभ्सका रूपमा र बन्दुकमा बालुवा लगायतका फोहोर पस्न नदिन कण्डमलाई ढाल बनाउने गर्छन् । – एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


