
झापा, ३० चैत । प्रदेश १ मा आइतबार ७ जना कोरोना संक्रमित थपिएका छन् । १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
मोरंगको विराटनगरमा २, धनपालथानमा १, सुनसरीको दुहवी र इटहरीमा १–१, उदयपुरको चौदण्डीगढीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४४५ पुगेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



