
बनियानी, १४ भदौ । झापाको कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट एक बालिकाको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईको १४ वर्षीय छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
बालिकालाई आज घरमा सुतिरहेका अवस्थामा गोमन सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाइएको छ ।
पूजा सोही स्थानको पथरिया मावि कक्षा–८ मा अध्ययरत् विद्यार्थी थिइन् । बालिकाको मृत्यु भएपछि गाउँले आजै घर छेऊको जंगलमा रहेका उक्त सर्पलाई मारेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


