
सागर गौतम
खुदुनाबारी, २२ भदौ । समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार भन्ने नाराका साथ ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण कार्यव्रmम अर्जुनधारामा सम्पन्न भएको छ ।
यसै अवसर पारेर अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखालेले विभिन्न विधामा नगर क्षेत्रका शैक्षिक क्षेत्रमा आवद्ध व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरेको छ ।

अर्जुनधारा नगरपालिकाको पांगणमा आयोजित कार्यक्रमका बीच दर्जनौँ व्यक्तिलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा उत्कृष्ट शिक्षा पुरस्कारबाट बरिष्ठ पत्रकार दिपिन राईलाई नगद ५१ सय रुपैंया सहित प्रंशशा पत्रले जिल्ला समन्वय समितिका सभापति सोम पोर्तेलले सम्मानित गरेका थिए । राई यलम्बर साप्ताहिक पत्रिकाका प्रधान सम्पादक समेत हुन् । सेवा निवृत्त आधारभूत विद्यालय कचनबारीका तारा कुमार प्रधान र कालिस्थान मा.वि.का दिलिप दाहालले शैक्षिक विकास र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई करुवा, प्रंशशा पत्र सहित दोसल्ला ओडाएर नगर प्रमुख हरि कुमार राना र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले सम्मानित गरेका थिए ।

त्यसैगरी वर्ष उष्कृष्ट शिक्षकको तर्फबाट शनिश्चरे माध्यामिक विद्यालयका कार्यरत सरोज काफ्ले सम्मानित भएका थिए भने वर्ष विद्यालय कर्मचारीका तर्फबाट भानु मा.वि का गञ्ज बहादुर वुढाथोकी सहित बर्ष बाल शिक्षक चिसापानी बाल विकास केन्द्रका मीना श्रेष्ठ सम्मानित भएका थिए । सम्मानित सबैलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा २०७५ सालको आधारभूत शिक्षा परीक्षा(कक्षा–८) सामुदायिक विद्यालयको तर्फबाट ३.९८ उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थी जनता माविमा अध्ययनरत मनिल घिमिरे, संस्थागत विद्यालयको तर्फबाट एम्स एकडेमीमा अध्ययनरत ३.८५ उत्कृष्ट अं¨ ल्याएर उतीर्ण हुने सुमानी तिम्सिना, स्मृति तिम्सिना, अस्मिता दाहाल सम्मानित गरिएको थियो ।
त्यसैगरी, २०७५ सालकै मा.वि. शिक्षा परिक्षा ( कक्षा–१०) मा लक्ष्मी मा.वि मा अध्ययनरत भई ३.८५ उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थी अंकित कुमार गुप्ता र भानु मा.वि. कक्षा–१२ मा अध्ययनरत २.९९ अ¨ प्राप्त गर्ने नेहा तामाङलाई सम्मानित गरिएको थियो । त्यस्तै प्रगति अग्रेजी मा.वि. मा अध्ययनरत ३.७५ उत्कृष्ट अं¨ ल्याएर उतीर्ण हुने दिपिका राउतलाई समेत सम्मानित गरिएको थियो । विद्यार्थीहरुलाई नगद ५१ सय रुपैंया सहित प्रंशशा पत्रले सम्मानित गरिएको शिक्षा प्रमुख जानुका गुरागाइले बताइन ।
कार्यक्रममा बाल विकास केन्द्रहरुलाई सिकाइ सामाग्री वितरण गणेश आवि, प्रगति बाल विकास केन्द्र, भानु आवि, नवदुर्गा आवि, आवि कन्चनबारी, बाल कल्याण प्रा.वि., अरुणोदय आवि, चन्द्रोदय प्रावि, प्रा.वि.शनिश्चरे, महारानीगञ्ज मावि, सिंहदेवी मावि, अर्जुनधारा मावि, सिंहश्वरी प्राविलाई नगर प्रमुख हरि कुमार रानाले एलडी टेलिभिजन प्रदान गरेका थिए ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाको अध्यक्षतामा सम्पन्न जिल्ला समन्वय समिति झापाका सभापति सोम पोर्तेल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा स्थानीय शिक्षक महासंघ अध्यक्ष पुण्य सुवेदी, शैक्षिक तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक तुलसी नारायण अधिकारी, स्थानीय नगर व्यासन अध्यक्ष रुद्र प्रसाद सिटौला, बाल क्लब संञ्जाल अध्यक्ष निशा कुइकेल, संस्थागत विद्यालयको तर्फबाट विद्यार्थी मेदनी घिमिरे लगायतले बोलेका थिए ।
नगर प्रमुख हरि कुमार रानाले शैक्षिक पशु, कृषि, इलोक्टोनिक प्राविधिक शिक्षाको गुरुयोजना बनाएर आगामी वर्षबाट लागू गराउँदै शिक्षाको क्षेत्रमा उत्कृष्ट नगरपालिका बनाउने बताए । समग्र विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको हितका लागि नगरपालिकाले सुन्दर कदम अघि बढाएको बताए । उनले भनेर्– कृषि, पशु, शिक्षा क्षेत्रको तथ्याक केही दिनबाट लिन सुरु गर्ने प्रमुख रानाले बताए ।’ कार्यक्रममा अर्जुनधारा नगरका विभिन्न विद्यालयहरुले साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । सामाजिक विकास समिति संयोजक दिलिप गुरु¨को स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षा शाखा अधिकृत जानुका गुरागाईले गरेकी थिइन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
