
सयोगी –

एमसीसी परियोजना अमेरिकि सम्सद बाट पारीत परियोजना भएको कारण नेपालको सम्सदमा ल्याउनु परेको हो । यहाँ समन ठीक छ । बिद्युतीय क्षेत्रमा राम्रो सुधार र उक्त क्षेत्रमा जोडीएका राजमार्ग हरु फराकिलो र विश्व स्तरको बनाउने योजना त्यो पनि ठीक छ । समस्या नेपालका राजनीतिक पार्टीको अपरिपक्वता हो जनता लाई “अमेरिकी सम्सद बाट आएको अनुदान नेपालको सम्संद औपचारिक रुपमा स्वीकार गर्नु पर्छ” भनेर बुझाउन नसक्नु मुख्य समस्या हो । दोश्रो कुरा नेपालको सम्संद उक्त परियोजना ससंद बाट अनुमोदन गरे भोली चिन भारत हुँदै संसारका सबै देश हरुले तेस्तै प्रकारको पारीयोजना नेपाल लाई प्रस्तव गर्छ जसको कारणले गलत नजिर बस्न जान्छ । यति सामान्य कुराको अध्यान गर्न चुकेको करणले एउटा सामान्य परियोजनाले नेपाली राजनीति लाई तरङिगत बनाइ रहेको छ ।

यस्ता परियोजनाको ड्रब्याक्स के के हुन सक्छ भनी अध्ययन गर्दै नगरी परियोजना स्वीकार गर्न हतार गर्नु झन ठुलो समस्या हो । अन्तर्राष्ट्रिय स्तर संग जोडीएको हरेक निर्णयको परिणामको पूर्व अनुमान गर्न न सक्ने तत्कालिन सरकारका प्रतिनिधिको अपरिपक्व निर्णयको कारणले विश्वमा नेपालको निर्णय क्षमतामा गम्भिर प्रश्न उठेको छ ।
एमसीसी परियोजनाको बिरोध प्रदर्शनमा दर्जन बडी नेपाली नागरिक घाइते भएका छन भोली कुनै एक नेपाली नागरिकको ज्यान गयो भने त्यसको जिम्मा कस्ले लिने ?

सधैं बन्द सधैं बिरोध कहिले सम्मन जनताले सडकमा उत्रेर खबरदारी गरी रहनु पर्ने ?
राजनीतिक मेचुरिटी छैन भने किन राजनीति गर्नु हुन्छ तपाईं हरु ?
नेपालका राजनीतिक पार्टी हरुले गरेको अर्को गम्भिर अभ्यासको परिणाम पनि हो यो, जो पायो तेही ब्यक्ती लाई उसको ब्याकग्राउन्ड हेर्दै न हेरी मन्त्री बनाइएको गम्भिर परिणाम हो आजको प्रर्दशन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

