

दमक, १६ फागुन । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ ।
मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो ।
यसअघि नेत्रालयले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । नेत्रालयले दमक नगरपालिका ९, चुलाचुली गाउँपालिका इलामको १ र ६ नम्बर वडामा, कमल गाउँपालिका झापाको २, ३ र ६ नम्बर वडामा र शिवसताक्षी नगरपालिकाको ११ नम्बर वडामा आँखा शिविर सञ्चाल गरेको थियो ।
सो शिविरमा करिव १५ सय जनाले सेवा प्राप्त गरेका अस्पतालको भनाइ छ । शिविर सञ्चालनका क्रममा भेटिएको मोतिविन्दु भएका ५३ जनाको शनिबार मेची नेत्रालय दमकमा शल्यक्रिया गरिएको हो ।आँखाको पर्दा रोग विशेषज्ञ डा। शरदचन्द्र राई, डा। राजेश श्रेष्ठको टोलीसँगै मातृका आई फाउण्डेशनको प्राविधिक सहयोग रहेको थियो ।
मातृका आई फाउण्डेशन काठमाण्डौंको विशेष गरेर चश्मा,कन्ट्याक्ट लेन्सहरू तत्काल र स्थायी रूपमा हटाउन लेजर आँखाको शल्यक्रिया प्रमुख सेवाको रुपमा रहेको छ । आधुनिक उपकरणहरू सहितको बाहिरी–बिरामी–उन्मुख सर्जिकल केन्द्र हो । सेवाहरूमा व्यापक आँखा समस्या अनुसन्धान, औषधि, थेरापी , लेन्स र शल्यक्रियाहरू मार्फत उपचार समेत व्यवस्था रहेको छ ।
दमकमा नै पहिलो पटक अत्याधुनिक प्रविधिबाट बिना सिलाइ आँखाको पर्दा सम्बन्धी सम्पूर्ण सेवाहरू मेची नेत्रालयले १ वर्षअघिदेखि सुरु गरिसकेको छ । आँखाको जटील उपचार मानिने आँखाको पर्दा ९रेटिना० सम्बन्धी सेवा अत्याधुनिक प्रविधिबाट सिलाई नगरी सल्यक्रिया गरी दमकमा पहिलो पटक सुरु भएको हो ।आँखा भित्र एउटा लेन्स हुन्छ ।
यो लेन्सले क्यामाराको लेन्सको जस्तै प्रकाशको किरणलाई केन्द्रित गर्ने काम गर्छ, जसले गर्दा तपाँई देख्न सक्नु हुन्छ । यो लेन्स, तपाँई जवान हुदा पारदर्शी र रङवबिहिन हुन्छ, तर जब तपाँई बुढो हुदै जानुहुन्छ, यो लेन्स धमिलो र पहेँलो हुदै जान्छ । तपाँईको लेन्सको धमिलोपनलाई मोतिविन्दु भनिन्छ । समय बित्दै जादा, मोतिविन्दुले तपाँईको दृष्टि अझ धमिलो बनाउँछ र तपाँईको आँखा प्रकाशको ज्योतिसँग संवेदनशील हुँदै जान्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



