
झापा, २६ कात्तिक । हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । उक्त हत्यामा लागू औषध तस्करहरु संलग्नता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो ।
हतियारधारी पुरुषको समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले पछिल्लो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् । गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


