
वीरगञ्ज, १४ कात्तिक । विसं २००७ देखिका विभिन्न आन्दोलमा भाग लिएका स्वतन्त्रता सेनानी ९४ वर्षीय हरिहर गुप्ताको आज निधन भएको छ ।
विसं २०१० मा बिपी कोइरालासँगै निर्वासित जीवन बिताई मेलमिलापको अवसरमा स्व कोइरालासँगै नेपाल प्रवेश गरेका गुप्ता केही दिनदेखि मिर्गौला तथा हृदय रोगबाट पीडित भई वीरगञ्ज हेल्थ केयरमा उपचार गराई रहनुभएको थियो । तीन छोरा र तीन छोरीका पिता गुप्ताको आजै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

