
झापा, २९ मंसिर । झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो झापाको दमक नगरपालिका–७ पशुहाट स्थितमा को १ ह ९७४५ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अटो चालक जिल्ला झापा दमक नगरपालिका–१ का ३५ वर्षीय प्रकाश श्रेष्ठ, अटोमा सवार २३ वर्षीय अर्जुन लिम्बू र निजकै श्रीमती २७ वर्षीया मनिसा लिम्बू समेतलाई खानतलाशी गरी अटोको डिक्कीमा चेकजाँच गर्दा ५१ ग्राम ब्राउनसुगर सहित उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।
त्यसैगरी, उदयपुरको उदयपुरगढी गाउँपालिका–७ हाडेबास स्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा रौतामाई गाउँपालिका–४ मालवासेका ५५ वर्षीय मोटे रोका र २३ वर्षीय नेत्र परियारको साथबाट १६ केजी ३३० ग्राम लागु औषध गाँजा बरामद गरी निजहरुलाई पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र गाँजासहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।


