
भद्रपुर, ७ पुस । झापाको भद्रपुरमा आज आगलागी हुँदा १४ लाखको क्षति भएको छ ।
भद्रपुर नगरपालिका–८ स्थित मेची क्याम्पस छेउ निवासी चुडाममणि उप्रेतीको घरको माथिल्लो तलामा पानीको ट्याङ्की राख्नलाई फलामको रड वेल्डीङ गर्ने क्रममा आगोको झिल्को एसवाई प्यानलको फर्ममा सल्केर आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट निर्माणाधीन एसवाई प्यानलबाट बनेको २ वटा कोठा र टिनको छानो जल्दा १४ लाख बराबरको क्षति भएको हो । आगो भद्रपुर नगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय भद्रपुर बाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
Facebook Comments Box


