
शिवसताक्षी, ७ पुस । झापाको पर्यटकीय क्षेत्र दोमुखामा पर्ने नुनमाटी खोलामा ट्रष्ट ब्रिज निर्माण भएको छ ।
दोमुखामा आउने पर्यटकहरुको सहजताका लागि निर्माण गरिएको ट्रष्ट ब्रिज शुक्रबारदेखि सञ्चालनमा आएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले संयुक्त रुपमा उक्त ब्रिजको उद्घाटन गरेका थिए ।
वर्षातका समयमा नुनमाटी खोलाबाट आवत–जावत गर्न कठिनाई भएकाले ट्रष्ट ब्रिज निर्माण गरिएको नगरप्रमुख थोप्राले बताए । यसले पर्यटकीय क्षेत्र दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ । उनले भने, ‘अब यस क्षेत्रमा घुम्न आउनका लागि सडक लगायत आवश्यक पूर्वाधारहरु तयार भएका छन् ।’

ट्रष्ट ब्रिज संघीय सरकार, शिवसताक्षी नगरपालिकाले र स्थानीय उपभोक्ताहरुबाट निर्माण भएको उनले बताए । ब्रिजको कुल लागत ३३ लाख ७५ हजार ८७१ रहेको छ । जसमा संघीय झोलुङ्गे पुल क्षेत्रागत कार्यक्रमबाट २८लाख ६९ हजार ४९०, शिवसताक्षी नगरपालिकाबाट ४ लाख ३८ हजार, ८६३ र जनसहभागिता ६७ हजार ५१७ रहेको छ ।
२४ मिटर लम्बाईको रहेको उक्त ट्रष्ट ब्रिजको निर्माणका लागि सहारा नेपालले प्राविधिक सहयोग गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।


