
झापा, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा १८८ मत, विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा एक परेको छ । बैठकमा कूल २६३ सांसद उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई यही असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदले विश्वासको मत दिएका छन् । त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले विपक्षमा मतदान गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



