
कचनकवल, १ असोज । झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा गए राति १ बजे इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको वरिष्ठ प्रहरी नायव निरीक्षकको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूमा नारायण सिंह राजवंशी, प्रकाश भारती, र पुजन सुवेदी रहेका छन्। पक्राउपश्चात उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ। प्रहरीका अनुसार गाँजा ओसार–पसारमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान जारी रहेको छ ।
Facebook Comments Box


