
झापा, ५ असोज । झापाको कन्काई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका १० स्थित टेग्रामा पानीमा डुबिरहेको अवस्थामा आज दिउँसो एउटा बेवारिसे शव फेला परेको हो ।
उत्तानो परेको, अनुहार पानीमा डुबेको करिब ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरूले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापा मगरको अनुसार केही दिन अघि कन्काई नदीमै डुबेर २ जनाको मृत्यु भएको थियो ।
Facebook Comments Box


