सुर्खेत, २३ कात्तिक । सुर्खेत–दैलेख सडकखण्डको रानीमत्तामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी तीव्र गतिका कारण दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन ।

हाल २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको छ । २९ जना सवार उक्त गाडी सडक भन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।
Facebook Comments Box



