
इलाम, २९ कात्तिक । इलामको सूर्योदय नगरपालिका–१४ स्थित सिम्ले साकाले खोलामा शव फेला परेको छ।
बुधबार स्थानीयले माछा मार्ने क्रममा खोलाको पानीभित्र ढुङ्गाको चेपमा कम्मरदेखि तलको भाग मात्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रत्यक्षदर्शी खड्का राईका अनुसार शवको कम्मरमाथिको भाग पूर्णरूपमा छुटेको र शरीर अत्यधिक कुहिएको अवस्थामा फेला परेको छ, जसका कारण पहिचान गर्न कठिनाइ भएको छ।
घटनास्थलमा पशुपतिनगरबाट प्रहरी टोली पुगिसकेको छ। प्रारम्भिक अनुसन्धानपछि थप विवरण खुलाउन प्रहरी तयारी अवस्थामा रहेको जनाएको छ। शवको पहिचान र घटनाको कारणबारे थप अनुसन्धान जारी छ।
Facebook Comments Box


