
झापा, २९ कात्तिक । झापाको मेचीनगर नगरपालिका–१० स्थित निन्दा खोला नजिकै आज नवजात शिशु फेला परेको छ ।
निन्दा खोला जनिकै रहेको घारीमा साल नालसहितको जिवित छोरी नवजात शिशु कमिलाले टोकी रहेको रगताम्य अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
मेचीनगर–११ की ३७ वर्षीया इन्दिरा प्रसाईं (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा नवजात शिशु फेला पार्नुभएको थियो । प्रसाईंले इलाका प्रहरी कार्यालय धुलाबारीमा आज दिउँसो उक्त शिशु बुझाउनु भएको थियो ।
उक्त शिशु मेचीनगर नगरपालिका १० नं. वडा कार्यालयलाई जिम्मा बुझाइएको छ । शिशुको अवस्था सामान्य रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


