
बाँके, ३० कात्तिक । बाँकेको कोहलपुरमा समलिङ्गी विवाह दर्ता भएको छ । जाजरकोटकी ३० वर्षीया सन्जु विक र कोहलपुर १४ की २९ वर्षकी रिचा सुनारले वडा नं. १४ को कार्यालयमा पुगेर समलिङ्गी विवाह दर्ता गराउनु भएको अध्यक्ष नमबहादुर आले मगरले बताउनु भयो ।
‘विवाह गर्ने जोडीको परिवारसँग समेत कुराकानी गरेर दुवैको राजीखुशीमा विवाह दर्ताको प्रमाणपत्र जारी भएको वडा अध्यक्ष मगरले जानकारी दिनु भयो ।
समलिङ्गी विवाह दर्ता गर्न राष्ट्रिय परिपत्र तथा पञ्जीकरण विभागले १२ वैशाख २०८१ मा सबै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो ।
Facebook Comments Box


