
भारत, १ मंसिर । भारतको उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा गए राति भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको छ ।
झाँसी जिल्ला मजिस्ट्रेटले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ । समाचारअनुसार मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा आगलागी भएको हो। केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनामा थप ३७ जना नवजात शिशु घाइते भएका छन् । १८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।
Facebook Comments Box


