झापा, १ मंसिर । मोरङको पथरीशनिश्चरे–२ स्थित सुनझोडा पुलमा गिट्टी बोकेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
पश्चिम राजमार्गअन्तर्गत बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ गइरहेको २० प ६०७ नम्बरको मोटरसाइकललाई दिउँसो २स्३० बजेतिर ठक्कर दिएको थियो।

दुर्घटनामा पथरी शनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पथरी शनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतम गम्भीर घाइते भएका थिए। घाइतेहरुलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिए पनि दिउँसो ३ः२० बजेतिर उपचारका क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box



