
झापा, १६ मंसिर । रोल्पामा खाडल खन्ने क्रममा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ ।
झोलुङ्गे पुलको खाडल खन्नेक्रममा पुरिएर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया की सुबित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देविराम परियार रहेका छन् ।
रोल्पाको सुनछहरी गाउँपालिका–३ को मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागी खाडल खनेर पर्खाल लगाउने क्रममा खसेको माटोको ढिस्कोले पुर्दा उनीहरुको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिनुभयो ।
एलबिएण्ड पल्लभी जक्सन जेभि निर्माण सेवा अन्तर्गत उक्त स्थानमा ७ जनाले काम गर्दै गरेको अवस्थामा २ जना भाग्न सफल भएका थिए निजहरूको अवस्था सामान्य रहेको र अन्य ५ जनालाई माटोको ढिस्कोले पुरिएकोमा बाहिर निकाली सकिएको छ मृतकको उद्धार स्थानीय र इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी गाम बाट खटिएका प्रहरीले गरेका थिए ।


