
झापा, १७ मंसिर । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माई खोलाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।
तस्करी गरेर लाँदै गरेको करिब ४० क्युफिट काठ प्रहरीले खोला किनारबाट बरामद गरेको हो । हिजो दिउँसो शिवसताक्षी–१० दोमुखास्थित कन्काई माई खोलाले काठ बगाउँदै ल्याइरहेको छ भन्ने जानकारी प्राप्त हुना साथ अस्थायी प्रहरी चौकी माईधारबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोलामा बगाएर ल्याउँदै गरेको १ लाख २० हजार रुपैयाँ मूल्य पर्ने करिब ४० क्युफिट सखुवा जातको काठ फेला पारी आवश्यक कारवाहीको लागी गैंडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


