
झापा, २१ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ भने, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका मुद्रा महँगिएका छन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८८ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ पैसा थियो। अमेरिकी डलरको यो विनियमदर अहिलेसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा थियो। जको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ०७ र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८० र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा थियो। आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ९३ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६९ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३९ पैसा थियो।



