
कनकाई, १९ फागुन । झापाको कनकाई नगरपालिका–८ मा भोलि मंगलबार पाठेघरको मुखको क्यान्सर निःशुल्क स्क्रीनिङ हुने भएको छ ।
कनकाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका हुने भएको हो । पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका साथै प्रजनन स्वास्थ्य रुग्नता सेवा अन्तरगत स्तन क्यान्सर, अफ्सट्रेस्टिक, फिस्टुला, आङ्ग खस्ने, बाँझोपन सम्बन्धी स्क्रिणिंग, स्वास्थ्य सेवा तथा परामर्श दिइने कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवालले जानकारी दिनुभयो ।

कनकाई–८ लक्ष्मीपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिहान १०ः३० बजेदेखि हुने स्क्रीनिङ शिविर हुने भएकाले त्यसको लाभ लिन सबै वडाबसीलाई उहाँले आग्रह समेत गर्नुभएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
