
झापा, १९ चैत । म्यानमारमा गत चैत १५ गते गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ।
म्यानमारको सैन्य सरकारका अनुसार भूकम्पमा परी अहिलेसम्म २ हजार ५६ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ९०० भन्दा बढी मानिस घाइते भएका छन् र २७० जना अझै बेपत्ता छन् । बीबीसीका अनुसार राष्ट्रिय विपद्बाट हुने क्षतिको विवरण लुकाउने सैन्य नेतृत्वको इतिहास रहेकाले म्यानमारबाट यथार्थ जानकारी प्राप्त गर्न गाह्रो छ । यसैबीच, विश्व स्वास्थ्य संगठनले म्यानमारमा आएको भूकम्पसँग जुध्न ८० लाख डलर सहयोगका लागि अपिल गरेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


